दार्चुलामा दुई हजार तीन सय अपाङ्ग बालबालिका
दार्चुला, २८ माघ । दार्चुलामा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या दुई हजार ३०० रहेको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला बालकल्याण समिति दार्चुलाले हालै प्रकाशित गरेको बालबालिकाको स्थिति नामक प्रतिवेदनमा सो तथ्याङ्क देखाएको छ ।
जसमध्ये अपाङ्गता भएका बालिकाको सङ्ख्या एक हजार १८४ तथा बालकको सङ्ख्या एक हजार ११६ रहेको छ ।
विभिन्न शारीरिक अपाङ्गता, दृष्टिविहीन, मानसिक अपाङ्गता भएका २४ बालिका तथा २८ बालक गरी कुल ५२ जनालाई यस वर्ष अपाङ्गता परिचयपत्र वितरण गरिएको जिल्ला बालकल्याण अधिकृत मनोरथ जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मध्यम खाले अपाङ्गता भएकाअर्थात् पहेँलो रङ्गको परिचयपत्र २९ जना बालबालिकाले प्राप्त गरेका छन् । पूर्ण अशक्त नौ जना, अतिअशक्त नौ जना र सामान्य अपाङ्गता भएका पाँच जनाले यो वर्ष परिचयपत्र लिइसकेको जोशीको भनाइ थियो ।
यसैगरी प्रतिवेदनले जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाको सङ्ख्या ९०९ जना रहेको देखाएको छ । समाजहित शिक्षा, स्रोत कक्षा र विशेष कक्षामा गरी ४२५ बालिका तथा ४८४ बालक अध्ययनरत रहेका छन् ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया