गरिबी निवारण कोषका छ कर्मचारी निलम्बन गर्न निर्देशन

इनेप्लिज २०७१ माघ २७ गते १५:२७ मा प्रकाशित

Poverty-Allevation-Fund_20120810073454काठमाडौँ, २७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका छ कर्मचारीलाई निलम्बन गर्न आज निर्देशन दिएको छ ।

आयोगले आज कोषलाई पत्र पठाई उजुरीका आधारमा अनुसन्धानमा परेका कर्मचारी बहाल रहिरहँदा उनीहरुविद्धको प्रमाण नष्ट गर्नसक्ने देखिएकाले ती कर्मचारीलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

आयोगले पूर्वाधार विकास महाशाखा प्रमुख जयराम पन्त, मानव संसाधन विकास महाशाखा प्रमुख अखिलेशचन्द्र दास, मानव संसाधन अधिकृत लालबहादुर शिवा, अनुगमन तथा मूल्याङ्कन अधिकृत सन्दीपनाथ उप्रेती, कार्य प्रबन्धकद्वय धनराज शाह र सञ्जयकुमार झाले पेस्की रकम फछ्र्योट गर्ने गराउने क्रममा नक्कली कागजात पेस गरी अनियमितता गरेको पत्रमा जनाएको छ ।

प्रतिक्रिया