बुधबार, मंसिर १० २०७७
काठमाडौं १६:१२
वासिङटन डिसी 05:27

यात्रु बसले किच्दा नाबालकको मृत्यु

इनेप्लिज २०७१ माघ २६ गते ९:१८ मा प्रकाशित

accident-signवीरगन्ज (पर्सा), २६ माघ । पर्साको हरिहरपुर–३ नहरबाटोमा आज यात्रुबाहक बसले किच्दा एक नाबालकको ज्यान गएको छ ।

बाटोमा खेलिरहेका स्थानीय बलेश राउत कुर्मीका तीन वर्षीय छोरा दिपु कुमारको बसले किचेर ज्यान गएको हो । जानकीटोलाको दशौताबाट वीरगन्जतर्फ आउँदै गरेको ना१ख ८२०७ नम्बरको बसले बिहान करिब ९ बजेको समयमा बालकलाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनापछि आक्रोसित स्थानीयले बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

बससहित चालक बैरियाविर्ता–५ का दीपेन्द्र पटेललाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको पर्सा प्रहरीले जनाएको छ । स्थानीयवासीले दोषी चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेका छन् ।

प्रतिक्रिया