निर्वाचन आयोगद्वारा बहिरा मतदाताबीच प्रशिक्षण कार्यक्रम
विराटनगर, २६ माघ । निर्वाचन आयोगले बहिरा मतदाताका लागि विराटनगरमा आजदेखि तीनदिने निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
युएनडिपीको निर्वाचन सहयोग परियोजना इएसपीको सहयोगमा सञ्चालित उक्त प्रशिक्षणमा पूर्वाञ्चलका इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर गरी २८ जना बहिराको सहभागिता रहेको छ । निर्वाचनमा सुस्तःश्रवणशक्ति भएका बहिराहरुलाई साङ्केतिक माध्यमबाट निर्वाचनमा मतदान कसरी गर्ने, उम्मेदवारको योग्यता, क्षमताका आधारमा कसरी छनोट गर्नेलगायतका विषयमा जानकारी गराउनु प्रशिक्षणको मुख्य उद्देश्य रहेको छ ।
सो अवसरमा सहायक प्रजिअ प्रेमप्रसाद लुइँटेलले निर्वाचनमा प्रत्येक मतको महत्व रहेको बताउनुभयो । सो प्रशिक्षणवाट फरक क्षमता भएका मतदाता बढी लाभान्वित हुने उहाँले विश्वास प्रकट गर्नुभयो । निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले लोकतन्त्रमा प्रत्येक मतको महत्व रहेको बताउनुभयो । उहाँले फरक क्षमता भएका मतदाताका लागि निर्वाचन शिक्षा तथा सूचनाकेन्द्रबाट नियमित रुपमा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
युएनडिपीको इएसपीका क्षेत्रीय संयोजक उषा कोइरालाले यस संस्थाले सन् २००८ देखि मतदाताको क्षमताको विकासका लागि विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराउनुभयो ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया