संविधानसभाबाट नै संविधान लेखिनुपर्छ: नेता भट्टराई
इनेप्लिज
२०७१ माघ २५ गते ९:५२ मा प्रकाशित
नेपालगन्ज, २५ माघ । नेकपा (एमाओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले दुई तिहाइको दम्भबाट संविधान निर्माण गर्न खोजिए त्यसले मुलुकमा राजनीतिक सङ्कट चुलिने बताउनुभएको छ ।
सो दलद्वारा आज यहाँ आयोजित नागरिक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “दोस्रो जनआन्दोलन र जनयुद्धको उपलब्धिको रक्षाका लागि सहमतिबाटै संविधान लेखिनुपर्छ ।”
उहाँले क्रान्तिको मुद्दा छाडेर जस्तो पायो त्यस्तो संविधान लेख्न खोजिएको होइन भन्दै मिलेर संविधान लेखौँ, सहमति खोजौं, छलफल गरौँ भन्नु भयो ।
आफ्नो दल संविधानसभाबाट भागेको छैन, संविधानसभाबाट संविधान लेख्नुपर्छ भन्ने पक्षमा नै छ भन्दै नेता भट्टराईले तर, एकपक्षीय बलमिच्यार्इंबाट संविधान जारी गर्न खोजिए आन्दोलनबाहेक अरु विकल्प आफूहरुसँग नरहने बताउनुभयो ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया