हात्तीबाट एक दर्जन घरमा क्षति

इनेप्लिज २०७१ माघ २५ गते ९:३१ मा प्रकाशित

Elephant-Groupसप्तरी, २५ माघ । कोसी टप्पु वन्य जन्तु आरक्षबाट निस्केको एउटा हात्तीको समूहले सप्तरीको कञ्चनरुपनगरपालिका–६ मा रहेका एक दर्जन परिवारका घरमा तोडफोड गरी क्षति पुर्‍याएको छ ।

आरक्षबाट एक्कासि गएराति आएको हात्तीको समूहले गाउँमा पसेर स्थानीय सत्यनारायण चौधरी, नुनु चौधरी, कोशकल सिंह, श्यामकिशोर सिंह, बिजली सरदारलगायत एकदर्जन स्थानीय बासिन्दाको घरमा तोडफोड गर्नुका साथै अन्य बालीमा समेत क्षति पुर्‍याएको बताइएको छ ।

सो क्षेत्रमा हात्तीले पटक–पटक आतङ्क मच्चाउँदा पनि हालसम्म स्थानीय प्रशासनले कुनै चासो नदेखाएको पीडितहरुको गुनासो छ ।

प्रतिक्रिया