मानसिक रोग अपराध होइन : स्वास्थ्यमन्त्री

इनेप्लिज २०७१ माघ २५ गते ९:२१ मा प्रकाशित

ghagaraj-baralकाठमाडौँ, २५ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले मानसिक रोग अपराध नभएको बताउनुभएको छ ।

‘हिंसा र मानसिक स्वास्थ्य नेपाली समुदायमा लुकेको चुनौती’ विषयक अन्तक्र्रियामा उहाँले समाजका प्रतिष्ठित व्यक्तिमा समेत मानसिक रोग हुनेगरेको उल्लेख गर्नु भयो ।

उहाँले मानसिक रोगको बारेमा सामाजिक जागरण अगाडि बढाएमात्र समाजको रुपान्तरण हुने धारणा राख्नु भयो ।

कोपिला–नेपालद्धारा आयोजित कार्यक्रममा नेकपा (एमाले)का नेता रवीन्द्र अधिकारीले महिला हिंसाको बारेमा विधेयक पारित भएकाले यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउनु जरुरी रहेको बताउनुभयो ।

विसं २०५७ मा स्थापना भएको कोपिला –नेपालले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

हिंसाका कारण उदासीनता हुनुका साथै आत्महत्या बढी हुने गरेको समेत कोपिला नेपालले जनाएको छ ।

कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल, मनोवैज्ञानिक डा शिशिर सुब्बाले महिला हिंसाको बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया