भक्तपुर बालकोटमा कपास र लुगा पेल्ने कारखानामा आगलागी
भक्तपुर (बालकोट), २४ माघ । अनन्तलिंगेश्वर नगरपालिका वडा नं १ बालकोटका जीतबहादुर खड्काको कपास र लुगा पेल्ने कारखानामा आज साँझ आगलागी भएको छ ।
आज राति ८ः४५ बजेदेखि अचानक आगलागी सुरु भएको हो ।
भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलले प्रयास गर्दापनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
सडकको छेउमै रहेको कारखानामा आगलागी भएकाले बस्तीमा आगो फैलन नदिन स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरिरहेका छन् ।
कारखानाका सन्चालक खड्काका अनुसार तीन रोपनी क्षेत्रफलमा फैलिएको कारखाना भित्र रहेका कपडा, कपास र मेशिनमा एकैपटक आगलागी भएको बताउँदै कसैले नियतवश आगलागी गराएको आशंका गर्नु भयो । उहाँका अनुसार रु १५ लाखको मेशिनसहित रु ३५ लाख वरावरको क्षति भएको छ ।
स्थानीय बस्तीमा आगलागी फैलने सम्भावना नभए पनि राति ११ बजेसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया