आगलागीबाट रु दश लाखको क्षति
इनेप्लिज
२०७१ माघ २४ गते १२:०४ मा प्रकाशित
सप्तरी, २४ माघ । सप्तरीको रमपुरा मल्हनिया गाविसमा आगलागी हुँदा रु १० लाख मूल्यबराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
गएराति आगो ताप्ने घुरबाट भएको आगलागीका कारण मल्हनिया गाविस–१ का सहदेव मुखियाको गाईगोठमा आगलागी हुँदा छिमेकी महेन्द्र मुखिया, कृषनीदेवी मुखियालगायतका आधादर्जन घरमा आगलागी भएको थियो ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको सो आगलागीबाट पीडितको जस्तापाता र खरबाट बनाएको घर, गोठलगायत लत्ताकपडा अन्नपात र भाँडाकँुडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
प्रतिक्रिया