कञ्चनपुरमा कुष्ठरोगका ४२ बिरामी
कञ्चनपुर, २४ माघ । कुष्ठरोग निवारणको घोषणा गरिएको कञ्चनपुरमा ४२ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।
सन् २०१० मा कञ्चनपुरमा एक हजारमा एक जनाभन्दा कम कुष्ठरोगका बिरामी फेला परेपछि निवारणको घोषणा गरिएको थियो ।
निवारण घोषणापछि ती बिरामी देखा परेका हुन् । सर्ने २५ र नसर्ने १७ गरी ४२ जनामा कुष्ठरोगी देखिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कुष्ठ क्षयरोग अधिकृत उद्धव ठगुन्नाले बताउनुभयो ।
सबैभन्दा बढी भीमदत्तनगरपालिका १७ जनामा कुष्ठरोग देखा परेको छ उहाँले भन्नुभयो, “रोग देखिएका सबै जनाको उपचार भइरहेको छ ।”
कुष्ठरोगलाई विगतमा लोकलाजका कारण लुकाउदा बल्झिदै गएको थियो, अधिकृत ठगुन्नाले भन्नुभयो, “बिरामीले समस्या खुलस्त राख्दै जान थालेकाले बिरामी बढेका हुन् ।”
जिल्लाका शङ्करपुर, चाँदनी, रौतेली बिचवा र वाइसे बिचवाबाहेक अन्य गाविस र नगरपालिकामा कुष्ठरोगका बिरामी फेला परेका हुन् ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया