परासी, २२ माघ । नवलपरासी जिल्लाको दाउन्नेदेवी जङ्गलमा हत्या गरी फालिएको अवस्थामा आज एक महिलाको शव फेला परेको छ ।
बर्दघाट–४ स्थित पूर्व–पश्चिम लोकमार्गदेखि ४० फिट तल जङ्गलमा सो शव फेला परेको प्रहरीले जनाएको छ ।
पाँच फिट उचाइ, मङ्गोलियन अनुहार र अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको छ । शवको सनाखत अझै हुन सकेको छैन ।
घाँटीमा लामो डोरीसहित फेला परेकी महिलालाई कतैबाट हत्या गरी ल्याएर जङ्गलमा फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । वास्तविक घटनाको पहिचानका लागि महिलाको हत्या कसरी र कसले गर्यो भन्ने घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया