सहमति खोज्न सत्तापक्ष अग्रसर हुनुपर्छ: गच्छदार
विराटनगर, २१ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षका कारण सहमति बिथोलिएकाले पुनः सहमतिका लागि सत्तापक्ष अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
उहाँले अन्तरिम संविधानको मर्म र भावना र विस्तृत शान्ति सम्झौतालगायत विगतमा भएका सहमतिका आधारमा सत्तापक्ष अग्रसर हुनुपर्ने धारणा प्रकट गर्नुभयो ।
विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटमा उहाँले प्रश्नावली तयार गर्ने प्रस्ताव समितिले बहुमतका आधारमा काम अगाडि बढाएकाले द्वन्द्वको अवस्था उत्पन्न भएको उल्लेख गर्नुभयो ।
संविधानसभा बहिष्कार गर्ने, भाग नलिने र राजीनामा गर्ने कार्य आफूहरूबाट हुन नसक्ने जनाउँदै उहाँले यस विषयमा आपूmले आजै सम्पन्न १९ दलको बैठकमा धारणा राखेको र सहमतिका लागि सत्तापक्ष लचिलो हुनुपर्ने तथा विश्वासिलो आधार तयार भएपछि मात्र वार्ता हुनसक्ने बताउनुभयो ।
उहाँले सत्तापक्ष र प्रतिपक्ष दुई ध्रुवमा रहेको अवस्थाका कारण राजनीतिक द्वन्द्व र मुठभेडको अवस्था सृजना भएमा मुलुक गृहयुद्धमा फस्ने सम्भावना देखिएकाले आपूmले राखेको प्रस्तावलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
एउटा सङ्घीय राज्यको राजधानी विराटनगर हुनुपर्ने उल्लेख गर्दै मुलुकमा ६ देखि नौ सङ्घीय राज्य निर्माण गर्ने विषयमा आपूmहरु सहमत रहेको र यसलगायतका विषयमा ठूला दलबीच छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
प्रतिक्रिया