विद्यार्थी कुटेर शिक्षक भागे
पथरी, २१ माघ । आफ्नो गृहकार्य दिदीलाई गराउन लगाएको निहुँमा सिसवनी जहदा–९ का ६ वर्षीय बालक अजयकुमार महथालाई एक शिक्षकले निर्घात कुटपिट गरेका छन् ।
पोखरिया–६ मा रहेको ज्ञानसागर इङ्लिस बोर्डिङ स्कुलमा नेपाली पढाउने शिक्षक विनोद मण्डलले बालकलाई निर्घात कुटपिट गरेको पीडितको भनाइ छ ।
गत सोमबार गृहकार्य गरेर ल्याउन दिएकामा गृहकार्य आफूले नगरी दिदीलाई गराउन लगाएको भन्दै शिक्षकले बालकलाई पिटेको बताइएको छ ।
कुटपिटबाट बालकको दायाँ तिघ्रामा चोट र ढाडमा समेत निलडाम छ । छोरालाई विद्यालय पढ्न पठाएको तर पशुलाई कुटेजस्तो पिटेको भन्दै अजयका बुबा रामदेव महथाले शिक्षकमाथि कारबाहीको माग गर्नुभयो ।
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक फरार भएका छन् । विद्यालयका प्रधानाध्यापक अरुणकुमार मण्डलले विद्यार्थी पिट्नु गलत भएको बताउनुभयो ।
विद्यार्थीमाथि भएको कुटपिटको चौतर्फी विरोध भएको छ । विद्यार्थी कुटपिटप्रति जिल्ला शिक्षा कार्यालय मोरङले पनि ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक बलराम पराजुलीले सो घटनाको विषयमा छानबिन गरी पीडितलाई न्याय दिने बताउनुभयो ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया