सङ्घीय सद्भावना पार्टी शक्ति परिचालनमा
रौतहट, २० माघ । सङ्घीय सद्भावना पार्टीले ३० दलीय गठबन्धनद्वारा घोषित आन्दोलनलाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने भएको छ ।
चन्द्रनिगाहपुरमा आजदेखि सुरु भएको सो पार्टीको विस्तारित बैठकले देशको वर्तमान राजनीति मुठभेडको अवस्थाबाट गुज्रिरहेको जनाउँदै सङ्घर्षको कार्यक्रममा सक्रिय हुने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष अनिलकुमार झाले नेपाली काँग्रेस र नेकपा (एमाले)ले वार्ताको प्रयास नगरी एकलौटी ढङ्गले संविधान निर्माण प्रक्रिया सुरु गरेको जनाउँदै आफूहरु बाध्य भएर आन्दोलनमा जानुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“मधेसी जनताले खोजेको स्वायत्त मधेस प्रदेशको चाहनालाई आगामी संविधानबाट सम्बोधन गरिनुपर्छ । ” विस्तार बैठक बुधबारसम्म जारी रहने छ । बैठकमा विगतको समीक्षा, भावी कार्यदिशा, आन्दोलन र सङ्घर्ष तथा संविधान निर्माणलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया