सडक छाडेर सहमतिमा आउन देउवाको आग्रह
तुलसीपुर(दाङ), २० माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सडक आन्दोलन छाडेर सहमतिमा आउन विपक्षीलाई आह्वान गर्नुभएको छ ।
यहाँ आजदेखि सुरु मध्यपश्चिम कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार महोत्सवको उद्घाटन गदै उहाँले भन्नुभयो, “म यही मञ्चबाट विपक्षी दललाई आह्वान गर्न चाहान्छु, तपाईंहरु सहमतिमा आउनुहोस् सडकमा आन्दोलन र तोडफोड गरेर संविधान बन्दैन ।” नेता देउवाले सहमतिका लागि आफूहरु हदैसम्मको लचकता अपनाउन तयार रहेको बताउनुभयो । महोत्सवमा २०० व्यापारिक कक्ष राखिएका छन् ।
प्रक्रियामा जानु बाध्यता
काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रक्रियाबाट संविधान ल्याउने प्रयास बाध्यता भएको बताउनुभएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रक्रियासँगै सहमतिको प्रयास जारी राख्नुपर्ने औँल्याउँदै प्रतिपक्षीलाई संवादमा आउन आग्रह गर्नुभयो । नेता खाणले भन्नुभयो, “अवरोधका बाबजुद प्रक्रिया अघि बढेको छ, तर सहमतिका लागि अधिकतम लचकताका साथ वार्ताको थालनी हुनुपर्छ ।”
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया