अनुसन्धानको फन्दामा २१ वटा अभिमुखीकरण संस्थाहरू
काठमाडौं–वैदेशिक रोजगारीका लागि जाने कामदारहरूलाई अभिमुखीकरण तालिम दिने २१ वटा संस्थाहरू वैदेशिक रोजगार विभागले गरेको अनुसन्धानको फन्दामा परेका छन् ।
गत माघ १४ र १५ गते विभागका टोलिले गरेको अनुगमनका क्रममा २१ वटा तालिम दिन खुलेको संस्थाहरू दोषी पाइएको हो ।
विभागले गरेको अनुसन्धानमा कामदारहरू विदेश जाँदा लिनु पर्ने अभिमुखीकरण तालिम दिन खुलेका सस्थाहरूले तालिम नदिई सेटिङमा प्रमाण पत्र मात्र दिएर पठाउने गरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यसरी कामदार पठाउने अभिमुखीकरण संस्थाहरूमा कास्मीक , ब्लु स्काइ, नेशनल, टाक्स, अकबर, साईनिङ, जेभीआर, सुकर्म, अग्नी, पौरखी, जालपादेवी, अल्जीरा, बुद्ध, सुनगाभा, श्रम, युनिक, सक्षम, एनआइडिसी, रेमिट, अलराइन, र विन्द्यावासीनी रहेका छन् ।
विना तालिम प्रमाणपत्र बनाएर दिनेमा वैदेशिक रोजगार अभिमुखीकरण महासंघका अध्यक्ष पूर्णबहादुर मल्लको सुनगाभा ओरेन्टेसन समेत परेको छ ।
वैदेशिक रोजगार ऐन तथा नियमावली ०६४ अनुसार अभिमुखीकरण तालिममा सहभागी नगराई कामदार पठाएमा पठाउनेलाई कारबाही गर्ने व्यवस्था रहेको भएपनि तालिमनै नदिई तालिम दिएको फर्जी कागजात दिने संस्थाहरूको हकमा भने स्पष्ट कानुन् नभएकोले कार्यबाहीको प्रक्रिया कसरी बढाउने भन्ने बारेमा छलफल भईरहेको विभाग श्रोतले जनाएको छ । यसरी नीयम विपरित काम गर्ने संस्थाहरूलाई कस्तो कारवाही गर्ने भन्ने विषयमा आवस्यक छलफल र गृहकार्य भईरहेकाले विभागले चाँडै निष्कर्षमा पुग्ने र कारवाही गर्ने वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कार्कीले जानकारी दिएका छन् ।
वैदेशिक रोजगारमा जान चाहाने कामदारलाई पुरुष भए अनिवार्य दुईदिन तथा हाउसमेडका लागि महिला भए २१ दिनको अभिमुखीकरण तालिम अनिवार्य गरेको हुनुपर्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नीति रहेको छ । यसरी फर्जी प्रमाणपत्रको आधारमा विभिन्न म्यानपावर कम्पनीहरूबाट कामदारहरू विदेश पठाउदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत माघ १४ गते बुधबार करिव ५ सय को संख्यामा कामदारहरूलाई विदेश जानबाट रोकिएको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया