पूर्ण साक्षर बनाउने भीष्म प्रतिज्ञालाई सबै मिलेर सफल बनाउनुपर्नेः शिक्षा मन्त्री
सप्तरी, १८ माघ । शिक्षा मन्त्री चित्रलेखा यादवले सरकारले सन् २०१५ सम्ममा मुलुकलाई पूर्ण साक्षर बनाउने भीष्म प्रतिज्ञा लिएकाले यसलाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभएको छ ।
‘सघन साक्षर सप्तरी अभियान’अन्तर्गत राजविराजमा अनौपचारिक शिक्षा समितिद्वारा आज आयोजित कार्यक्रममा मन्त्री यादवले साक्षरताको सवाल मुलुकको विकास र सभ्यतासँग जोडिएकाले निरक्षरता उन्मूलन हुनु जरुरी रहेको बताउनुभयो ।
मन्त्री यादवले २०७२ सालपश्चात् मुलुकमा औँठा छाप नभेटियोस् भन्ने उद्देश्यका साथ ‘सबैको लागि शिक्षा अभियान’ सञ्चालन गरेको उल्लेख गर्दै निरक्षर उन्मूलन सबैको साझा सङ्कल्प भएकाले यसलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
तराईका आठ जिल्लामा शिक्षाको सूचकाङ्क खस्किएको पाइएकाले यसको सुधारका लागि अभिभावक, शिक्षक, व्यवस्थापन समितिलगायत सबैले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले निरक्षर सबै नेपालीलाई एकैपटक साक्षर बनाउन सघन साक्षर अभियान सञ्चालन गरेको बताउँँदै तराईका जिल्लामा अझै १४ लाखभन्दा बढी निरक्षर रहेकाले साक्षर अभियानलाई तराईमा केन्द्रित गरेको बताउनुभयो ।
अनौपचारिक शिक्षा समिति सप्तरीका अध्यक्ष तथा स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष प्रकाश खतिवडा, नेपाल शिक्षक युनियन सप्तरीका अध्यक्ष फुलेश्वर मण्डललगायतले साक्षरता अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा निजी विद्यालय सङ्गठन (प्याब्सन) सप्तरीका अध्यक्ष पञ्चदेव यादव तथा मदरसा समन्वय समितिका सचिव मो। साहजहाँ र मुस्लिम अधिकार युवा मञ्चका अध्यक्ष मो. अनवर अलीले शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।
संविधान निर्माणको काम रोकिँदैनः मन्त्री यादव
नेपाली काँग्रेसकी नेत्री तथा शिक्षा मन्त्री चित्रलेखा यादवले आज सिरहाको लहानमा स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा संविधान निर्माणको काम नरोकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “समय आएपछि संविधानसभाबाटै संविधान बन्छ, तपाइहरु ठुक्क हुनुहोस् ।” राजनीतिक दलहरुको बीचमा पछिल्लो समय केही तीक्तताहरु बढे पनि छिटै त्यो टुङ्गिएर संविधान निर्माणले गति लिन्छ, अब संविधान निर्माणको काम नरोकिने उहाँको भनाइ थियो ।
लामो समयसम्म संविधान नबन्दा जनतामा नैराश्यता बढेको बताउनुहुँदै उहाँले संविधान निर्माणमा सबै दललाई गम्भीर बन्न आग्रह समेत गर्नुुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया