युवालाई नेतृत्वमा ल्याउने बेला भयोः खेलकुद मन्त्री पौड्याल
विराटनगर (बरगाछी), १८ माघ । नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने बेला भएको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौड्यालले बताउनुभएको छ ।
विराटनगरमा आज युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको युवा नीति पुनरावलोकन तथा मस्यौदाउपर सुझाव सङ्कलन कार्यक्रममा मन्त्री पौड्यालले लामो समयसम्म देशमा शान्ति नहुनु, संविधान नबन्नुमा नेताले आफ्ना लागि मात्र सोचेकाले अब युवालाई नेतृत्व तहमा ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुस्तान्तरणको विषय सबैभन्दा महत्वपूर्ण छ, त्यसैले युवालाई बाटो दिनुपर्छ । युवाहरुको लागि कस्तो नीति बनाए उनीहरुले देश परिवर्तन गर्न सक्छन् भन्ने धारणा ‘युथ भिजन २०२५’ मा रहेको छ ।” अबको दश वर्षपछि युवाले परिवर्तनको अनुभूति गर्न पाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्वाञ्चलका १६ जिल्लाका विभिन्न दलमा आबद्ध युवाको सहभागिता थियो ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया