शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०८:१३
वासिङटन डिसी 21:28

ठूला भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियारमा ज्ञापनपत्र

इनेप्लिज २०७१ माघ १८ गते ९:४५ मा प्रकाशित

netrabikram1काठमाडौँ, १८ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ठूला भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र आज बुझाएको छ ।

नारा, जुलुससहित गएको माओवादी टोलीलाई आयोगको कार्यालयभन्दा वरै प्रहरीले रोकेको थियो ।

प्रहरीले जुलुसलाई रोकेपछि माओवादीका उपत्यका संयोजक ईश्वरी दाहालसहित तीनजनाको टोली आयोगको कार्यालयमा गएर ज्ञापनपत्र दर्ता गराएर फर्किएको थियो ।

ज्ञापनपत्रमा शिक्षक, कर्मचारीजस्ता पदका साना भ्रष्टाचारको मात्रै आयोगले छानबिन र कारबाही गरेको तर ठूला भ्रष्टाचारको छानबिन र कारबाही नगरिएको उल्लेख छ ।

प्रतिक्रिया