अमेरिकामा NRNA को लोकप्रियता
इनेप्लिज
२०७१ माघ १८ गते ६:०२ मा प्रकाशित

जनवरी ३१, सनिबार I ‘ एनआरएनए (NRNA ) ले आफ्नो संस्थागत औचित्यको गतिलो प्रभाव पार्न थालेको कुरा अमेरिकामा ह्वात्तै बढेको यसको सदस्यता संख्याले पुष्टि गरेको छ I’ उपाध्यक्ष पदमा आफ्नो उमेदवारी हुने बताउदै आउनुभएका नेपाली समाज टेक्सस एवंम् ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष तथा स्थानिय सक्रिय समाज-सेवी राम सी पोखेरलको भनाई हो यो I गत चुनाबमा ३५०० को हाराहारी मतदाता रहेको NRNA अमेरिकामा आहिलेसम्म झन्डै १०,००० सदस्य बनि सकेको जानकारी दिदै उहाँले यसको श्रेय श्री खगेन्द्र जी. सी. को नेतृत्वमा रहेको वर्तमान कार्य समितिलाई दिनुभयो I
यसै बिच NRNA अमेरिकाका अध्यक्ष खगेन्द्र जी.सी.ले आफ्नो फेसबुक स्टाटसमा ९२०० सदस्य बनिसकेको जानकारी दिनुहुदै १०, ००० नघाउन सबैसंग अपील गर्नु भएको छ I आज मध्य-रात्रीसम्म निम्नांकित राज्यहरुलाई १०० संख्या पुर्याउन समेत उहाँको आग्रह छ I
NRNA अमेरिकाका सदस्य लिन चाहने गैर आवासीय नेपालीहरुले यो लिंकमा https://nrnnccusa.org/nrn- registration-2015/ क्लिक गरि सदस्यता लिन सकिने छ I

बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया