दुई तिहाइबाट संविधान बन्नै सक्दैनः झा
इनेप्लिज
२०७१ माघ १८ गते १:४२ मा प्रकाशित
भक्तपुर, १८ माघ । सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दुई तिहाइ बहुमतका आधारमा सत्तारूढ दलले संविधान बनाउनै नसक्ने जिकिर गर्नुभएको छ ।
शनिबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सहमतिबिना बहुमतले संविधान बनाउन नसक्ने भएकाले प्रक्रियामा गए पनि सत्तारुढ दलले सहमतिको नारा लगाइरहेको आरोप लगाउनुभयो ।
सत्तारूढ नेपाली काँग्रेस र नेकपा ९एमाले०ले संविधानका विवादित विषयलाई मस्यौदा बनाएर छलफलमा राख्ने गर्दा सहमति हुन नसकेको बताउँदै उहाँले उनीहरुको प्रस्तावलाई समर्थन गर्नका लागि नै आफूहरु वार्तामा नबसेको टिप्पणी गर्नुभयो । नेता झाले सहमतिमा नै संविधान बनाएर संविधानसभाले वैधानिकता दिने कार्य गर्नुपर्ने बताउँदै सत्ता पक्षले मधेसको विषयलाई ओझेलमा पारेको आरोप लगाउनुभयो ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया