विद्युतभार कटौती बाध्यताः ऊर्जामन्त्री ज्ञवाली
चापागाउँ (ललितपुर), १७ माघ । ऊर्जामन्त्री राधा ज्ञवालीले देशमा भइरहेको विद्युत्भार कटौती बाध्यकारी भएको बताउनुभएको छ ।
चम्पापुर जेसिजद्वारा आज यहाँ आयोजित संस्थाको १६ औँ पदस्थापना तथा व्यक्तित्व सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले विश्वको ऊर्जा क्षेत्रमा नेपाल दोस्रो धनी राष्ट्र भएर पनि समस्याको समाधान हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
नेपालमा भएको जलस्रोतबाट ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सामथ्र्य रहेर पनि त्यसको सदुपयोग गर्न नसकेर आम नेपाली विद्युत्भार कटौतीको मारमा परेको मन्त्री ज्ञवालीको तर्क रहेको थियो ।
उहाँले आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास हुनसकेमा विदेशिएका नेपाली युवालाई यहीँ रोजगारी सिर्जना गर्न सकिने बताउँदै राजनीतिक स्थिरताले मात्र ऊर्जा क्षेत्रको विकास हुने उल्लेख गर्नुभयो ।
मन्त्री ज्ञवालीले पहिलो संविधानसभाबाट नेपाली जनतालाई संविधान दिन नसके पनि दोस्रो संविधानसभाबाट ढिलो चाँडो सङ्घीय लोकतान्त्रिक संविधान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यही संविधानसभाबाट जनतालाई संविधान दिएर छाड्ने बताउँदै सभाबाट रित्तो हात नफर्कने मन्त्री ज्ञवालीले विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपालको समग्र विकासका लागि सङ्घीयतासहितको संविधान आवश्यक भएको उल्लेख गर्दै एक मधेस एक प्रदेशसहितको संविधान मान्य नहुने उहाँले बताउनुभयो ।
ज्ञवालीले एनेकपा–माओवादीतर्फ इङ्गित गर्दै एकल पहिचानको आधारमा संविधान निर्माण गर्नुपर्ने मित्रहरूको दबाबका कारण पहिलो संविधानसभाले संविधान दिन नसकेकोप्रति आक्रोस पनि पोख्नुभयो ।
उहाँले नेपाल र भारतको सीमामा पर्ने कालापानी र नवलपरासीको सुस्तामा सीमा विवाद भएको र त्यो नेपालको भूमि रहेकाले नछाडिने पनि बताउनुभयो ।
वर्तमान सरकारको उद्देश्य देशलाई समृद्ध मुलुक निर्माण गर्नु रहेको र यसबाट मात्र शैक्षिक, स्वास्थ्य, प्रविधिलगायतको विकास सम्भव भएकोमा मन्त्री ज्ञवालीको जोड रहेको थियो ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सुशीलबाबु श्रेष्ठले जेसिजको मुख्य काम भनेको देशलाई शान्ति कायम गर्न र समृद्ध राष्ट्र बनाउनु नै रहेको बताउनुभयो । उहाँले जेसिज एउटा अन्तर्राष्ट्रियस्तरको सामाजिक संस्था भएकाले यसको कार्य भनेको समाजसेवा नै भएको उल्लेख गर्नुभयो ।
सो अवसरमा चम्पापुर जेसिजका वर्ष २०१४ का अध्यक्ष हरि भट्टराईले आफ्नो पद वर्ष २०१५ का अध्यक्ष सरिता विष्टलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टा केशव सिलवाललाई जेसिजले सम्मान गरेको थियो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया