बाटो भुलेर चितवन निकुञ्जमा अलपत्र परेका दुई पर्यटकको उद्धार
इनेप्लिज
२०७१ माघ १७ गते १५:१७ मा प्रकाशित
रत्ननगर (चितवन), १७ माघ । पूर्वी चितवनको रत्ननगरस्थित सौराहा नजिकै चितवन निकुञ्जभित्र अलपत्र परेका दुई चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको छ ।
निकुञ्जभित्र अपलत्र परेका उनीहरुलाई नेपाली सेना र प्रहरीले उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज दिएको जानकारीअनुसार निकुञ्जमा पैदल घुम्न गएका उनीहरु बाटो बिराएर प्रहरीलाई खबर गरेपछि शुक्रबार राति खोज्दै जाँदा फेला पारी उद्धार गरिएको हो ।
हात्ती प्रजनन केन्द्रबाट अन्दाजी तीन किलोमिटर उत्तरतर्फ निकुञ्जको देवरामघाट नजिकैबाट चीनियाँ नागरिक ईटु वेजी र गुजिया लियानको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
वन्यजन्तुको आक्रमणबाट बच्न उनीहरु रुखमा चढेको अवस्थामा उद्धार गरिएको थियो । उनीहरुलाई खोज्न राति करिब तीन घन्टा लागेको प्रहरीले जनाएको छ ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया