वानाको निर्वाचन सम्बन्धि अत्यन्त जरुरी सूचना

इनेप्लिज २०७१ माघ १६ गते १:१५ मा प्रकाशित
मितिः जनवरी ११, २०१५
वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(वाना)को छैटौं अधिवेशन तथा नयाँ कार्यसमिति २०१५ /२०१७ निर्वाचनका लागि वानाका संस्थापक, आजिवन तथा साधारण सदस्य एवं मेरिल्याण्ड निवासी सम्पूर्ण सम्बन्धित महानुभावहरुलाई उक्त अधिवेशनमा उपस्थित हुनु भर्ई सफल पारिदिनुहुन वाना कार्य समिति हार्दिक अनुरोध गर्दछ ।
यसका साथै बानाको बिधान अनुसार प्रत्येक दुई वर्षमा नयाँ कार्यसमितिको निर्वाचन गर्नुपर्ने भएकोले आगामी मार्च २२ २०१५ मा निर्वाचनको मिति तोकिएकोले सोको ३५ दिन अगाडी साधारण सदस्यता नविकरण गरिसक्नु पर्ने भएकोले आगामी फेब्रुअरी १५, २०१५ भित्रमा आफ्नो सदस्यता नविकरण गर्न सम्वन्धित सबैलाई सूचना जारी गरिएको छ ।
निर्वाचनमा उमेद्वारी दिन इच्छुक सदस्यहरुले चुनावको ३० दिन अगाडी अर्थात फेब्रुअरी २१ २०१५का दिन निर्वाचन आयोगले प्रकाशित गरेको तालिका अनुसार उमेद्वारी दिनुपर्ने भएकोले सदस्यता नविकरणको लागि बाना कार्यलयमा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौ । बानाले यसै साल देखि सदस्यता नविकरण बानाको वेवसाइटबाट पनि गर्न सकिने हुँदाwww.banaonline.org मा गई सदस्ता नविकरण गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
अध्यक्ष
विजय श्रेष्ठ तथा बाना कार्यसमिति
 
 

प्रतिक्रिया