होटलमा युवती राखेर अनैतिक क्रियाकलाप गराउने पक्राउ
इनेप्लिज
२०७१ माघ १४ गते १५:०० मा प्रकाशित
सुरुङ्गा (झापा) १४ माघ । होटलमा युवती राखेर अनैतिक क्रियाकलाप गराउँदै आएका विर्तामोड निवासी होटल सञ्चालकद्वय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फ्रेन्डसीप होटलका सञ्चालकद्वय विपिन कोइराला र उमादेवी कोइराला रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । उनीहरूसँगै प्रहरीले अन्य तीन युवतीलाई समेत आज नियन्त्रणमा लिएको छ ।
विगत लामो समयदेखि उक्त होटलमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये होटल सञ्चालकलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया