क्षयरोग निवारण उपकेन्द्र कार्यालय लथालिङ्ग अवस्थामा
पथरी, १४ माघ । मोरङको उर्लाबारी– १ स्थित नेपाल क्षयरोग निवारण उपकेन्द्रको कार्यालय लथालिङ्ग अवस्थामा पुगेको छ ।
सो कार्यालयमा मानिस, परेवा, गाई, भैंसीलगायतले शौच गरेको फोहोरका थुप्रा देख्न सकिन्छ । क्षयरोगको उपचारका लागि टाढा जानु नपरोस् भन्ने उद्देश्यले २०४२ सालमा तत्कालीन उर्लाबारी बजार व्यवस्थापन समितिको पहलमा दुई कट्ठा १७ धुर जमिनमा सो संस्था स्थापना गरिएको स्थानीय ५२ वर्षीया खगेन्द्र गौतम बताउनुहुन्छ ।
अर्का स्थानीय ४५ वर्षीय कृष्णप्रसाद निरौलाले सो संस्थाले तीन वर्षयता उपचार सेवा नदिएको गुनासो गर्नुभयो ।
नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका प्रमुख नारायण श्रेष्ठले कम्पाउन्ड नहुनाले सो अवस्थाको सिर्जना भएको बताउनुभयो ।
सो संस्थाको पुनःनिर्माण प्रक्रिया चाँडै अगाडि बढाउने श्रेष्ठले बताउनुभयो । प्रयोगविहीन दुईवटा कोठालाई पुनःनिर्माण पश्चात भाडामा लगाइने श्रेष्ठको भनाइ छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया