सडक दुर्घटनामा परी दुईको मृत्यु, तीन घाइते
इनरुवा, १३ माघ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको इनरुवा इटहरी सडकखण्डअन्तर्गत तितिरवनामा आज दिउँसो ट्रकले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा६च ९५४ नम्बरको कारलाई को१ख १३८९ ट्रकले ठक्कर दिँदा कार चालक काठमाडौँ–२१ बस्ने श्याम महर्जन र मधेसका सुनिल मोचीको ज्यान गएको सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले जानकारी दिनुभयो ।
ट्रकले कारलाई र कार पल्टेर साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा कार चालक महर्जन र मोचीको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।
सो घटनामा विक्रम विष्ट, सबुरलाल मोची गरी तीन जना घाइते भएका हुन् । ठक्कर दिने ट्रक पकली प्रहरीको नियन्त्रणमा रहेको छ । मृतक महर्जन दुर्घटनामा परी घाइते भएको र उपचार गर्ने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
मृतक मोचीको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा ल्याइएको छ भने महर्जनको शव धरानमै रहेको सुनसरीका प्रहरी उपरीक्षक खाँले बताउनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया