रातो गुलाबको माग १५ प्रतिशतले बढ्यो
ललितपुर, १३ माघ । यस वर्ष पनि प्रणय दिवस (भ्यालेन्टाइन डे) का लागि भारतबाट प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल करिब एक लाख ५० हजारवटा ल्याइने भएको छ ।
पछिल्लो समयमा नेपालमा पनि यस दिवसलाई ठूलो महत्वका साथ लिँदै आइएको छ । हरेक वर्ष यो दिवस मनाउने मानिसको सङ्ख्या बढ्दै गएकाले स्वदेशमा उत्पादन बढेको भए पनि आयात गर्नुपरेको फ्लोरीकल्चर एसोसिएसनका उपाध्यक्ष कुमार कसजुले बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष यस दिवसका लागि स्वदेशको उत्पादन र विदेशबाट आयात गरेको गरी दुई लाखवटा रातो गुलाब खपत भएको थियो । खपत भएकामध्ये एक लाखवटा स्वदेशको उत्पादन हो भने अरु बाहिरबाट ल्याइएका हुन् । यस वर्ष १५ प्रतिशतले माग बढेकाले एक लाख ५० हजारवटा बाहिरबाट ल्याउने तयारी रहेको छ । यस वर्षका लागि स्वदेशबाट पनि एक लाखभन्दा बढी सङ्ख्यामा गुलावको फूलको कारोबार गरिनेछ ।
प्रेमको प्रतीकका रुपमा रहेको रातो गुलाबको फूल काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र तराईका केही जिल्लामा व्यावसायिक रुपमा खेती हुँदै आएको छ । एसोसिएसनका अनुसार गत वर्ष प्रतिगोटा फूल रु ५० देखि रु ६० मा बिक्री गरिएको थियो । यस वर्ष पनि त्यही अनुपातमा नै कारोबार हुनेछ ।
केही समयअघि सहरी क्षेत्रमा मात्र मनाइने यो दिवस अहिले ग्रामीण भेगका मानिसले पनि महत्वका साथ लिने गरेका छन् । यो दिवस हरेक वर्ष फेब्रुअरी १४ तारिखमा मनाइने गरिन्छ । उक्त दिन उपहारका रुपमा यो फूलको प्रयोग गर्ने गरिन्छ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया