कुपोषणका कारण ४१ प्रतिशत बालबालिका पुड्कोपनको सिकार
काठमाडौँ, १२ माघ । नेपालमा पाँच वर्षमुनिका कुल बालबालिकामध्ये कुपोषणका कारण ४१ प्रतिशत बालबालिका पुड्कोपनको सिकार भएको पाइएको छ । त्यस्तै ११ प्रतिशतमा ख्याउटेपन र २९ प्रतिशत कम तौलका बच्चा जन्मिने गरेको छ ।
पोषणका लागि नागरिक समाजले आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण–२०११को प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा नेपालको ५० जिल्लामा कुपोषणको व्यापक समस्या देखिएको छ । सहरी विकास मन्त्रालयका डिभिजिनल इन्जिनियर हरिप्रसाद तिमिल्सिनाले मन्त्रालयले कुपोषणका लागि भन्दै छुट्टै कार्यक्रम नराखेको भएपनि कुपोषणको अप्रत्यक्ष कारक स्वच्छ खानेपानी स्थानीय जनतालाई उपलब्ध गराउने विभिन्न जिल्लामा तीन प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कृषि विकास मन्त्रालयका वरिष्ठ योजना अधिकृत ज्योत्स्ना श्रेष्ठले मन्त्रालयले केन्द्र तथा क्षेत्रीय कार्यालयमार्फत स्थानीय तहसम्म समन्वय गरिरहेको र खाद्य उत्पादनमा वृद्धि गरी पोषणयुक्त खाद्यान्न आपूर्तिमा विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि विश्वमाया न्यौपानेले गर्भवती महिलालाई पोषणयुक्त खानेकुराको व्यवस्था गर्न सके ९० प्रतिशत कुपोषणको समस्या न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष आरजु देउवाले समाजले देशको विभिन्न भागमा रहेका बालबालिकाको कुपोषणको समस्या न्यूनीकरण गर्न अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया