सरकारकै कमजोरीका कारण कर्णालीको विकास हुन सकेनः मन्त्री रिजाल
काठमाडौँ, ११ माघ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सरकारकै कमजोरीका कारण कर्णालीको विकास हुन नसकेको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रुपमा आज यहाँ आयोजना गरिएको ‘कर्णालीको पत्रकारिता चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उहाँले सरकारको दूरदर्शिता नहुँदा कर्णालीको विकासमा समस्या भएकाले अब नीतिगत रुपमै व्यवस्था गरेर अघि बढ्ने उल्लेख गर्नु भयो ।
मन्त्री रिजालले भन्नुभयो, “कर्णालीमा सम्भावना र चुनौती दुवै छ, त्यहाँको सम्भावनालाई केलाउन सरकारी सञ्चारमाध्यमका साथै निजी क्षेत्रले पनि हरसम्भव प्रयास गर्नुपर्छ ।”
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज महताराले कर्णालीको पत्रकारिताको विगत र वर्तमान विषयक कार्यपत्र प्रस्तुत गर्दै अपाङ्ग सन्तानको रुपमा राज्यले कर्णालीलाई हेरेको हुनाले कर्णालीको समग्र विकास हुन नसकेको धारणा राख्नु भयो ।
राष्ट्रिय समाचार समिति अङ्ग्रेजी विभागका प्रमुख दीपराज सन्यालले कर्णालीमा शिक्षा, साक्षरता र पत्रकारिता शिक्षाको प्रवद्र्धन गर्न ‘सञ्चार प्रतिष्ठान’ को स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पत्रकार हरिदेवी रोकाया, जीतेन्द्र रोकायालगायत पत्रकारले कर्णालीको वास्तविक समस्या र सम्भावनाका समाचार लेख्नका लागि पत्रकारको दक्षता नै अभिवृद्धि गर्नु जरुरी छ भन्नुभयो ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया