अध्यक्ष दाहाल र पूर्व प्रम थापाबीच भेटवार्ता
काठमाडौँ, १० माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष सूर्यबहादुर थापाबीच आज भेटवार्ता भएको छ ।
एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा संविधानसभामा भएको अवरोध, दलहरुबीच रहेको अविश्वासको अवस्था र माघ ८ गते संविधान जारी हुन नसक्नाको कारणलगायतका विषयमा कुराकानी भएको थियो ।
दलहरुबीच रहेको अविश्वासकै कारण यही माघ ५ गते राति संविधानसभामा द्वन्द्व भएको र त्यसको पछाडि सबै राजनीतिक दलको उत्तिकै भूमिका रहेको भन्दै अब नयाँ कार्यतालिका तय गरेर संविधान निर्माणका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री थापाले द्वन्द्व बढाएर होइन, प्रमुख दलहरुबीच आपसी विश्वासको वातावरण बनाएर नयाँ कार्यतालिका तय गर्दै अगाडि बढ्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया