ओबामाको भारत भ्रमणलाई लक्षित गरी सीमा नाकामा सुरक्षा प्रबन्धमा कडाइ
लुुम्बिनी (रुपन्देही), १० माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको गणतन्त्र दिवसको अवसरमा भारत आउने भएपछि नेपाल–भारत सीमा नाका बेलहियामा सुरक्षा सतर्कता बढाइएको छ ।
गणतन्त्र दिवसको अवसरमा अमेरिकी राष्ट्रपति ओबामासहित उच्च पदस्थ कूटनीतिक व्यक्ति भारत आउने पक्कापक्की भएपछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सीमा क्षेत्रमा कुनै पनि खालको अवाञ्छित क्रियाकलाप नहोस् भन्ने हिसाबले दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रको सुरक्षामा कडाइ गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयका अनुसार भारतीय प्रहरी अधिकारीको आग्रहमा अघिल्ला दिनहरुमा भन्दा सीमा क्षेत्रमा सुरक्षा प्रबन्ध कडा पारिएको छ भने दुवै पक्षका प्रहरी गस्तीले सीमास्तम्भहरुको रिपोर्टिङ गर्ने कामसमेत थालेका छन् ।
सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा समेत सुरक्षा प्रबन्ध कडा बनाएको जनाएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया