विवादित विषयको छिनोफानो जनताबाट हुनुपर्छः उपाध्यक्ष राणा
नेपालगन्ज, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष धवलशम्शेर राणाले संविधान लेखनमा विमतिमा रहेको विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ ।
सो दलद्वारा आज यहाँ आयोजित जनसभामा उहाँले भन्नुभयो–“सङ्घीयता, धर्मनिरपेक्षतालगायत विवादित विषयको छिनोफानो जनतालाई गर्न दिनुपर्छ ।”
हेटौँडा– राप्रपा नेपालका केन्द्रीय सदस्यद्वय दीपकबहादुर सिंह र मधु अधिकारीले मुलुकको राष्ट्रियता एवम् नेपाली नेपालीबीच सद्भाव खलबलाउने जातीय पहिचानसहितको सङ्घीयतालाई प्रमुख दलले आफ्नो दलगत स्वार्थका लागि प्रयोग गरेको हुँदा यही माघ ८ गते नयाँ संविधान नआएको बताउनुभयो ।
राप्रपा नेपाल मकवानपुरद्वारा आज यहाँ आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उहा“हरुले प्रमुख दलहरुले सत्ताकेन्द्रित राजनीतिलाई मात्र प्रश्रय दिएकाले तोकिएको समयमा संविधानसभाबाट नेपाली जनतालाई संविधान दिन नसकेको बताउनुभयो । एकीकृत नेकपा ९माओवादी०लाई सैन्य चिन्तन र दम्भ त्याग्न पनि उहाँहरुले आग्रह गर्नुभयो ।
सो अवसरमा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्ट, वरिष्ठ उपाध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष विजयसिंह ठकुरी र राप्रपा नेपाल हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सपकोटाले प्रमुख दललाई जनताप्रति जिम्मेवार हुन र आपसी मनमुटाव त्यागेर सहमतिका आाधारबाट अघि बढ्न आग्रह गर्नुभयो ।
सो पार्टीद्वारा प्रमुख दलले संविधानसभाबाट नेपालीलाई नयाँ संविधान ल्याउन नसकेको विरोधमा आज यहाँ बृहत् पदयात्रा आयोजना गरिएको थियो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया