प्रहरी नायब उपरीक्षक पक्राउ
काठमाडौँ, ८ माघ । प्रहरी नायब उपरीक्षक रमेश तामाङलाई रु ५० हजार घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।
तामाङलाई घुस लिँदै गरेको अवस्थामा काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटल नजिकैबाट पक्राउ गरिएको आयोगका सहप्रवक्ता केशव घिमिरेले जानकारी दिनुभयो । तामाङलाई अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको छ ।
विद्यालयका अध्यक्ष र प्रअमाथि मुद्दा
आयोगले रौतहटको गोनाही–३ प्रेमपुरस्थित कटहरिया स्रोत केन्द्रअन्तर्गतको दलित प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले मिलोमतो गरी अनियमितता गरेको पाइएपछि आज उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सो विद्यालयका प्रअ शम्भुलाल हजारालाई रु १३ लाख ५६ हजार १९ बिगोसहित मुद्दा दायर गरिएको छ । यस्तै अध्यक्ष हरिभजन पासवानसँग बिगो रु चार लाख १० हजार २५७ र शिक्षक जियालाल पासवानसँग रु नौ लाख ३ हजार ४४ बिगो माग गरिएको छ ।
उनीहरुविरुद्ध विभिन्न आवमा भौतिक निर्माण, पाठ्यपुस्तक, छात्रवृत्ति, प्रतिविद्यार्थी लगानी, तलबजस्ता शीषर्कको अनुदान रकममा अनियमितता गरी सरकारी हिनामिना गरेको आरोपसहित मुद्दा दायर भएको आयोगले जनाएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया