संविधानसभामा नाराबाजी जारी
काठमाडौँ, ८ माघ । निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलो सुरु भएको संविधानसभाको आजको बैठकमा पनि नाराबाजी जारी छ ।
संविधानसभाको बैठक प्रारम्भ हुनासाथ एनेकपा माओवादी, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, तराई–मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय समाजवादी पार्टी नेपाल, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायतका सभासद्ले नाराबाजीलाई निरन्तरता दिनुभएको हो ।
उहाँहरूले ‘संविधानसभालाई ब्यारेक बनाउन पाइँदैन, नियम मिच्न पाइँदैन’ लगायत नारा लगाइरहनुभएको छ । एनेकपा माओवादीका पुष्पकमल दाहाल, बाबुराम भट्टराईसहित ती दलका सभासद् पनि नाराबाजीमा व्यस्त हुनुहुन्छ ।
प्रारम्भमा चर्को सुनिँदै आएको नाराबाजी क्रमशः मधुरो हुँदै गएको छ । सभाध्यक्ष नेम्वाङका साथै संविधानसभा–व्यवस्थापिका संसद् सचिवालयका महासचिव एवम् अन्य कर्मचारी नाराबाजी रोकिएला र प्रक्रिया प्रारम्भ गरौंला भन्ने सोचका साथ आ–आफ्ना आसनबाट डगमगाउनुभएको छैन ।
संविधानसभाको आजको बैठकमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउन प्रश्नावली गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । गत मङ्गलबारदेखि उक्त प्रस्ताव पेस गर्ने प्रयास भए पनि ती दलको निरन्तर अवरोधका कारण सफल हुन सकेको छैन ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया