उपराष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना
इनेप्लिज
२०७१ माघ ७ गते १:५६ मा प्रकाशित
काठमाडौं, ७ माघ । उपराष्ट्रपति परमानन्द झाले तामाङहरूको महान पर्व सोनाम ल्होसारको अवसरमा सम्पूर्ण तामाङ दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान आजको राष्ट्रिय आवश्यकता भएको र यसै सन्दर्भमा यस पुनीत पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।
उपराष्ट्रपति झाले सन्देशमा भन्नुभएको छ, “यस अवसरमा देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।”
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
प्रतिक्रिया