एमाले संसदीय दल बैठकमा प्रक्रिया नरोक्ने निर्णय
काठमाडौँ, ६ माघ । नेकपा एमालेका को संसदीय दलको आजको बैठकले संविधानसभामा एमाओवादीका र आबद्ध मोर्चाका सभासद्हरुको अवरोधका कारण संविधान निर्माणको प्रक्रिया नरोकिने ठहर गरेको छ ।
पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधानसभा भवन नयाँबानेश्वरमा भएको बैठकपछि प्रमुख सचेतक अग्निप्रसाद खरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सदनमा भइरहेको अवरोधलाई ‘कायरतापूर्ण र अराजक काम कारबाही’ को सङ्ज्ञा दिँदै संविधान निर्माणको प्रक्रियामा दृढ रहन सम्पूर्ण लोकतान्त्रिक र देशभक्त दल, सभासद् र जनतामा आब्हान पनि गरिएको छ ।
एमालेले एमाओवादी र आबद्ध मोर्चाका सभासद्को प्रदर्शनलाई अराजक, अशोभनीय, अमर्यादित, लोकतन्त्रविरोधी र नेपालको स्वाभिमान एवं अस्मितामाथिको प्रहार भनी आलोचना गरेको छ ।
एमालेको आजै बसेको स्थायी कमिटीको बैठकले पनि संविधानसभामा आज बिहान भएको तोडफोडको कडा निन्दा गर्दै दोषीलाई कारवाही गर्न र दोषीबाटै क्षतिपूर्ति भराउन माग गर्ने निर्णय गरेको थियो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया