थापा फोर्स कमाण्डरमा नियुक्त
इनेप्लिज
२०७१ माघ ६ गते १३:४० मा प्रकाशित
काठमाडौँ, ६ माघ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापा नियुक्त हुनुभएको छ ।
नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घ स्थायी नियोगको सैनिक सहचारी योगराज शर्माका अनुसार थापा हिजो फोर्स कमाण्डरमा नियुक्त हुनुभएका उहो ।
यसअघि विभिन्न नेपाली सेनाका चार उच्च सैनिक अधिकृतले संयुक्त राष्ट्र सङ्घअन्तर्गत रही विभिन्न शान्ति मिसनमा फोर्स कमाण्डरको रुपमा जिम्मेवारी पूरा गरिसक्नुभएको छ ।
यस किसिमको जिम्मेवारीबाट नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनाको लागि पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्कन भएको तथा नेपाल र नेपालीको अन्तर्राष्ट्रिय क्षेत्रमा छवि उच्च पार्न थप मद्दत पुगेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया