बन्दकर्ता र युवासङ्घबीच झडप
फलेवास (पर्वत), ६ माघ । बन्द आयोजक र बन्द खुलाउनका लागि प्रदर्शनमा उत्रिएका स्थानीयवासीबीच झडप हुँदा एमाओवादी नेतृत्वको आन्दोलनका संयोजक कृष्ण पराजुली गम्भीर घाइते भएका छन् ।
एमाओवादीका जिल्ला अध्यक्ष पराजुलीको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ । नेकपा एमाले निकट युवा सङ्घको नेतृत्वमा निस्किएको बजारवासीको प्रतिकार जुलुस र आन्दोलनकारीबीच शिवालय चोकमा आधा घन्टा झडप भएको थियो । झडपपछि सदरमुकाम कुस्मा बजार तनावग्रस्त भएको थियो ।
बन्दको विरोधमा उत्रिएका युवाको मोटरसाइकल र्याली शिवालयचोकमा पुगेपछि झडप भएको थियो । बन्द आयोजक र विरोधमा उत्रिएकामध्ये अन्य करिब ६ जना सामान्य घाइते भएको बताइएको छ । बन्द आयोजक र विरोधमा उत्रिएका युवाले ढुङ्गा हानाहानसमेत गरेका थिए ।
बन्दकर्ता भागे
युवाहरु मोटरसाइकल र्यालीसहित उत्रिएपछि बन्दकर्ता भागेका छन् । प्रतिकारमा उत्रिएका युवाले बजारसमेत खुलाएका छन् । बन्दको विरोधमा उत्रिएका युवाको अगुवाइ सङ्घले गरेको थियो । सङ्घका कार्यकर्ता, तरुण दल, नेविसङ्घ र व्यापारीसमेत प्रतिकारमा उत्रिएका थिए । कुस्माबजारमा झडप भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक चोकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बन्दको समयमा हिमालपारिको जिल्ला मुस्ताङमा भने बन्दको कुनै प्रभाव परेको छैन । यातयात, शिक्षणसंस्था र बजार खुलेका छन् ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया