कपिलवस्तु महोत्सव माघको दोस्रो साता

इनेप्लिज २०७१ माघ ५ गते १६:४० मा प्रकाशित

kapilvastu-mahotsabकाठमाडौँ, ५ माघ । छैटौँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही माघ १४ देखि २५ गतेसम्म हुने भएको छ ।

“समृद्ध नगरका लागि व्यावसायिकता, उत्पादनमा औद्योगिगीकरण आजको आवश्यकता” भन्ने मूल नारासहित कपिलवस्तु उद्योग वाणिज्य महासङ्घले कपिलवस्तुको वाणगङ्गामा महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा २५० व्यावसायिक ताथ ७५ भन्दा बढी प्रदर्शन कक्ष रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो महोत्सव एवं प्रदर्शनी गर्न लागिएको कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया