कक्षा ११ को परीक्षामा ४७.२६ प्रतिशत उत्तीर्ण
इनेप्लिज
२०७१ माघ ५ गते १२:०५ मा प्रकाशित
भक्तपुर, ५ माघ । उच्च माध्यामिक शिक्षा परिषद्ले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।
परीक्षामा नियमिततर्फ दुई लाख २५ हजार ३७३ परीक्षार्थी सहभागी भएकामा एक लाख छ हजार ५१७ जना अर्थात ४७.२६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
परीक्षामा सातजनाको परीक्षाफल स्थगित गरिएको र ४३ जनाको परीक्षा रद्द गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी आंशिकतर्फ एक लाख ४१ हजार ५७० जना परीक्षार्थी सहभागी भएकामा ४६ हजार ९३३ जना अर्थात ३३.१५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको अर्यालले जानकारी दिनुभयो ।
परीक्षार्थीमध्ये २९ जनाको परीक्षाफल स्थगित गरिएको र ४४ जनाको परीक्षा रद्द गरिएको उहाँले जानकारी दिनुभयो । गत जेठ १ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको परीक्षाको नजिता आज सार्वजनिक गरेको हो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया