सहमतिकै आधारमा संविधान जारी गर्न पहल गर्दैछुः प्रम
इनेप्लिज
२०७१ माघ ५ गते ११:३८ मा प्रकाशित
काठमाडौँ, ५ माघ । प्रधानमन्त्री सुशील कोइरालाले यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्ल्यु बोडीसँग आज भएको भेटवार्तामा सहमतिकै आधारमा संविधान जारी गर्नका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्री कोइराला र राजदूत बोडीबीच दुई मुलुकबीचको सम्बन्ध, आपसी सहयोग र संविधान निर्माणका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले राससलाई जानकारी दिनुभयो ।
भेटमा राजदूत बोडीले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नै नेपालले नयाँ संविधान पाओस् र मुलुक समृद्धितिर अघि बढोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया