एमाले, काँग्रेस हदैसम्म लचिलोः मन्त्री बस्नेत
चितवन, ४ माघ । उद्योग मन्त्री महेश बस्नेतले तीस दलीय मोर्चाका कारण माघ ८ मा संविधान जारी हुन नसक्ने अवस्था आएको बताउनुभएको छ ।
चितवन महोत्सवको आज समापन गर्दै उहाँले एमाले र काँग्रेसले हदैसम्मको लचकता अपनाएको भएपनि एमाओवादीसहित ३० दलीय मोर्चाले संविधान निर्माण गर्न नदिएको आरोप लगाउनु भयो ।
मन्त्री बस्नेतले दुई पार्टी न्यायप्रणाली, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा लचक भएपनि सङ्घीयतामा मोर्चा लचक नहुँदा संविधान निर्माणमा अवरोध पुगेको स्पष्ट पार्नु भयो ।
मन्त्री बस्नेतले चितवनलाई पोल्ट्री, केरा र दूध उत्पादनमा अझै अगाडि बढाउन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले चितवनलाई कृषिको राजधानीको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले मध्यनेपालको आर्थिक विकासका लागि चितवन महोत्सव फलदायी भएको बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घ चितवन, जिल्ला विकास समिति चितवन, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र उद्योग वाणिज्य सङ्घ रत्ननगरको संयुक्त आयोजनामा पुस २५ गतेबाट सुरु भएको महोत्सव पाँच लाख ५० हजार दर्शकले अवलोकन गरेको र रु २२ करोड बराबरको आर्थिक कारोवार भएको मूल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया