संविधान निर्माणको प्रक्रिया अब रोकिन्न: सिँचाइ मन्त्री साउद
भक्तपुर, ४ माघ । सिँचाइ मन्त्री नारायण प्रकाश साउदले संविधान निर्माणको प्रक्रियालाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
भक्तपुरमा आज नेपाली काँग्रेस महामञ्जुश्री–नगरकोट नगर समन्वय समिति कार्यालयको उद्घाटन गर्दै उहाँले केही दिन ढिलै भए पनि अब संविधान जारी भएरै छाड्ने बताउनुभयो ।
मन्त्री साउदले जनताले नेपाली काँग्रेस र नेकपा एमालेलाई दुई तिहाइ बहुमत दिँदा पनि संविधान जारी गर्न नसके जनताको अगाडि जान नसक्ने बताउँदै उहाँले सहमति नभए दुई तिहाइको आडमा भए पनि प्रक्रियाबाट संविधान बनाइने बताउनुभयो ।
सहमतिका लागि छलफल चलिरहेको बताउँदै उहाँले सहमति नभए प्रक्रियाबाटै भए पनि विपक्षीको मागलाई समेत सम्बोधन गरेर संविधान जारी हुने उहाँको भनाइ थियो ।
संविधान निर्माणको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा फेरि सहमतिका नाममा प्रक्रियालाई रोकेर बसे संविधानसभा नै धरापमा पर्ने बताउँदै उहाँले अब निर्माण प्रक्रिया नरोकिने बताउनुभयो ।
कार्यक्रममा मन्त्री साउदले स्थानीय जिउँदा सहिद लीलाबहादुर पण्डितलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेपाल तरुण दलका पूर्व अध्यक्ष एवम् काँग्रेस महासमिति सदस्य विनोद कायस्थले काँग्रेसले क्रियाशील सदस्यता बाँडेरमात्रै नहुने बताउँदै काँग्रेसभित्रको गुटबन्दीलाई अन्त्य गर्दै गाउँगाउँमा प्रशिक्षण चलाउन सकेमात्र काँग्रेसको भविष्य सुनिश्चित हुने बताउनुभयो ।
नेपाली काँग्रेस भक्तपुर सभापति गणेशमान चक्रधर र सचिव जगन्नाथ कार्कीले नयाँ नगरपालिकाको व्यवस्थापनमा चुनौति थपिएको बताउँदै सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति कृष्णलाल भडेलले नगरकोटलाई सरकारले सिमसार क्षेत्रको घोषणा गरेर लगानी गरेमा यहीँबाटै खानेपानी, विद्युत् उत्पादन र सिँचाइ गर्न सकिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य दुर्लभ थापा, पुरुषोत्तम लामिछाने, काँग्रेस भक्तपुर नगर समिति सभापति रवीन्द्र प्रधान, काँग्रेसका नेता हरिप्रसाद नेपाल, सावित्री लामिछाने, जीवन खत्री, धर्मराज थापामगर, यादव अधिकारीलगायतले नगरपालिकाको विकासमा सबैको योगदान रहनुपर्ने चर्चा गर्नुभयो ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया