कुनै शक्तिको तानाशाही अब नटिक्नेः कोइराला
कपिलवस्तु, ३ माघ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले संविधान निर्माणको प्रक्रिया अवरुद्ध गर्न खोज्ने कुनै शक्तिको तानाशाही अब चल्न नसक्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा नेत्री कोइरालाले जनताले शान्ति र विकास चाहेको वर्तमान अवस्थामा मोर्चाले गर्ने आन्दोलनलाई जनताबाट सहयोग नहुने बताउनुभयो ।
एकीकृत नेकपा माओवादी र मधेसी दलहरुको मोर्चाले आन्दोलनको नाममा जनतालाई आतकिङ्त पार्न खोजेको आरोप लगाउँदै आन्दोलनलाई जनताले नै बहिष्कार गर्ने उहाँको भनाइ छ ।
अहिले सबैको चाहना शान्ति, स्थायित्व र विकासका लागि संविधान भएको अवस्थामा जनतालाई संविधान दिनु नै पहिलो प्राथमिकता रहेको भन्दै नेत्री कोइरालाले माघ ८ भित्र हालसम्मका सहमतिका विषयलाई उल्लेख गरी विवादित विषयलाई थाँती राखेर भए पनि संविधान जारी गर्न सकिने अवस्था रहेको बताउनुभयो ।
सो अवसरमा नेत्री कोइरालाले नेपाल प्रेस युनियनले स्थापना गरेको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषमा रु एक लाख सहयोग गर्ने घोषणासमेत गर्नुभएको छ ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया