मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं २३:५२
वासिङटन डिसी 14:07

ट्रक र मोटसाइकल ठोक्किँदा एकको मृत्यु

इनेप्लिज २०७१ माघ ३ गते १४:४३ मा प्रकाशित

accidentतुलसीपुर(दाङ), ३ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमहीस्थित अर्जुनखोलामा आज ना४ख९०७२ नम्बरको ट्रक र रा२प ६५९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालमटिया–३ का २१ वर्षीय सुनील केसी रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार गम्भीर घाइते केसीको उपचारका लागि भैरहवा लैजाँदै गर्दा बाटैमै मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार लमही नगरपालिका–१० की १९ वर्षीया सुनिता नेपाली गम्भीर घाइते भएको र उनको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया