वाग्मतीः रसायन तथा ढल मिसावटमा प्रतिबन्ध माग
काठमाडौँ, ३ माघ । वाग्मती सफाइ अभियानको ८८ औँ शृङ्खलाअन्तर्गत आज कुलेश्वरस्थित नदी तथा फलफूल बजार आसपास क्षेत्रमा सरसफाइ भएको छ ।
सो स्थानमा बिहान भएको सरसफाइ कार्यक्रममा मुख्य सचिव लीलामणि पौड्याललगायत सरकारी कर्मचारी तथा वातावरणविद्, सर्वसाधरणलगायतको सहभागिता थियो । सो महाअभियान मुख्यसचिव पौड्यालको नेतृत्वमा विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा गत साल जेठ ४ गतेदेखि चल्दै आएको छ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा विद्यार्थीको उल्लेख्य सहभागिता थियो । सो अवसरमा मुख्य सचिव पौड्यालले त्यस आसपास क्षेत्रको फोहर व्यवस्थापन गर्न अझै दुई साता लाग्ने जानकारी दिँदै त्यस क्षेत्रमा फोहरले थुनिएको नदी अहिले सफाइ भएपछि एकनासले बग्न थालेको बताउनुभयो ।
सो अभियानमा लामो समयदेखि क्रियाशील भई लाग्नुभएका वातावरणविद् अल्का लम्सालले जबसम्म नदीमा जीव बाँच्ने र खेल्ने अवस्था सिर्जना हुँदैन, तबसम्म नदीलाई सफा मान्न सकिँदैन भन्दै नदीमा रसायन तथा ढलको मिसावटमा प्रतिबन्ध लगाउनाका साथै नदी आसपास क्षेत्रको अतिक्रमणलाई रोकेर गिट्टी बालुवाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
बल्खुस्थित कृषि तथा तरकारी बजारका अध्यक्ष रामकृष्ण कुँवरले नदी क्षेत्रमा फोहर गर्नेलाई कडाइका साथ दण्ड सजायको व्यवस्था गरी नदीको सभ्यताको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया