बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०७:१६
वासिङटन डिसी 21:31

दुर्घटनामा चारको मृत्यु

इनेप्लिज २०७१ माघ २ गते ११:४८ मा प्रकाशित

हेटौँडा, २ माघ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज ४२७५ नंको टाटासुमो भीमफेदी–६ जुरीखेतमा आज अपराह्न सडकबाट करिब ३० फिट तल खस्दा चार यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

अहिलेसम्म मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेलाई उपचारका लागि हेटौँडातर्फ ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया