संविधानको माग गर्दै ४१३ सभासद्को हस्ताक्षर सभाध्यक्षमा पेस
काठमाडौँ, २ माघ । संविधान निर्माण प्रक्रियामा दलहरुबीच सहमति जुट्न नसकिरहेका बेला नेपाली काँग्रेस, नेकपा एमालेलगायतका दल सम्बद्ध ४१३ जना सभासद्ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आफ्नो हस्ताक्षर बुझाएका छन् ।
यही माघ ८ गते संविधान जारी हुनुपर्ने माग गर्दै ती दलले आज सामूहिक हस्ताक्षर बुझाएका हुन् ।
राष्ट्रिय जनमोर्चाका सभासद् चित्रबहादुर केसीको नेतृत्वमा गएको टोलीले तत्काल प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने माग गर्दै हस्ताक्षर बुझाएको एमालेका सभासद् प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
हस्ताक्षर गर्नेमा काँग्रेसका २०१, एमालेका १८२, राप्रपाका १३, नेकपा ९माले०का तीन, राष्ट्रिय जनमोर्चाका तीन, नेकपा ९संयुक्त०का तीन, परिवार दलका दुई र अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी, नेपाली जनता दल, बहुजन शक्ति पार्टीका एक÷एकजना र स्वतन्त्र दुईजना सभासद् रहनुभएको छ । तर काँग्रेस र एमालेका शीर्ष नेताहरुले भने त्यसमा हस्ताक्षर गर्नुभएको छैन ।
सभासद्हरुको हस्ताक्षर बुझ्दै सभाध्यक्ष नेम्वाङले दुई घन्टामा सहमति हुन्छ भन्ने प्रमुख दलका शीर्ष नेताहरुले अहिलेसम्म सहमति गर्न नसक्नु दुःखको कुरा भएको बताउनुभयो ।
उहाँले दलहरुबीच सहमति भए सबै प्रक्रिया निलम्बन गरेर माघ ८ गते संविधान जारी गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
“सहमति हुने हो भने संविधान जारी हुन सक्छ, प्रक्रियामा जाने हो भने बाँकी रहेको छ दिनमा संविधान जारी हुन सक्दैन” – सभाध्यक्ष नेम्वाङले भन्नुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया