नेता नेपालसँग डेनिश राजदूतको भेट

इनेप्लिज २०७१ माघ २ गते ७:५२ मा प्रकाशित

madhav-Nepalकाठमाडौँ, २ माघ । नेकपा एमालेका नेता माधवकुमार नेपालसँग नेपालका लागि डेनमार्कका राजदूत किस्र्टन जिलानले आज भेटवार्ता गर्नुभएको छ ।

नेता नेपालको निवास कोटेश्वरमा भएको भेटमा उहाँहरुबीच संविधान निर्माण प्रक्रिया, दलहरुबीचको सहमति प्रयास तथा डनेमार्क–नेपाल सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।

डेनिश राजदूतले नेपालमा संविधान निर्माणका सन्दर्भमा अहिले देखिएका समस्या, संविधान जारी गर्ने नजिकिँदो समयसीमा, जनतामा उत्पन्न निराशा र सहमतिको सम्भावनाजस्ता विषयमा जिज्ञासा राख्नुभएको थियो ।

नेता नेपालले दलहरुबीच रहेका असहमतिका चार विषयमा दलहरुका अडान तथा नेकपा ९एमाले०को दृष्टिकोण, सहमतिको प्रयास तथा संविधान निर्माण गरी जनतामा उत्पन्न निराशालाई अन्त्य गर्न भइरहेका प्रयत्नहरुबारे जानकारी गराउनुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताउनुभयो ।

प्रतिक्रिया